क्वारेन्टाइन व्यवस्थापन र उपयोगका सन्दर्भमा ५ नं. प्रदेशका मुख्यमन्त्रीको विचार

Khabar24Nepal Author Logo..
शंकर पोखरेल, मुख्यमन्त्री ५ नंं प्रदेश पढ्न लाग्ने समय : २ मिनेट

होम क्वारेन्टाइनः घरमा एट्याच वाथरुम वा अलगै वाथरुप प्रयोग गर्न मिल्ने कोठा भएमा उक्त कोठालाई होम क्वारेन्टाइनका रुपमा तयार गर्ने । घरका कुनै सदस्य लामो समय वाहिर वसेर आएमा तोकेको समयमा अलगै सुरक्षित रुपमा वस्ने व्यवस्था मिलाउने । निश्चित अवधि पश्चात स्वास्थ संस्थामा सम्पर्क गरी परिक्षणको व्यवस्था मिलाउने ।

सामुदायिक क्वारेन्टाइनः टोलमा होमक्वारेन्टाइनको व्यवस्था गर्न नसक्नेहरुले मिलेर टोलमा रहेका उपयुक्त सार्वजनिक वा नीजि घरलाई सामुदायिक क्वारेन्टाइन वनाउने । सुत्ने विछौना र खानपिनको व्यवस्था सम्वन्धित व्यक्तिको घरवाट मिलाउने । सामुदायिक क्वारेन्टाइनको सुरक्षाको उचित प्रवन्ध टोलसंस्थाले स्वास्थकर्मीको परामर्समा मिलाउने । निश्चित अवधि पश्चात परिक्षणको व्यवस्था मिलाउने ।

क्वारेन्टाइनः पालिकाले आफ्नो पालिकामा संक्रमित क्षेत्र र विदेशवाट आएका सबै नागरिकलाई निश्चित समय राख्नेगरी आवश्यक क्वारेन्टाइन पालिका वा वडा स्तरमा व्यवस्था गर्ने । ती क्वारेन्टाइनहरुमा स्वास्थकर्मी र सुरक्षाकर्मीको अनिवार्य व्यवस्था मिलाउने ।निश्चित समय पश्चात अनिवार्य परिक्षणको व्यवस्था मिलाउने ।

जिल्लास्तरिय क्वारेन्टाइनः भारतवाट आउने सिमानाका भएका सबै जिल्लाहरुले सिमानाका भएको पालिकामा जिल्लास्तरिय क्वारेन्टाइन निर्माण गर्ने । त्यहा आउने सबैको र्यापिट टेष्टगरी सम्वन्धित पालिका वा जिल्लामा सुरक्षित ढंगले पुर्याउने प्रयोजनमा त्यसको उपयोग गर्ने । त्यस्तो क्वारेन्टनको व्यवस्थापन जिल्ला सुरक्षा समितिले गर्ने ।

क्वारेन्टाइन क्षमताः आफ्नो जिल्ला र पालिकामा वाहिरवाट आउने नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नेगरी आवश्यक क्षमताका क्वारेन्टाइहरुको व्यवस्था मिलाउने ।त्यसको संयोजन र अनुगमनको काम जिल्लास्तरीय सीसीएमसीले गर्ने ।

सबैको सामुहिक प्रयासवाट नै कोरोना विरुद्धको लडाइमा सफल हुन र जीवनको सुरक्षा गर्न सकिन्छ । सवैले अनिवार्य रुपमा कोभिड १९ सम्वन्धि निर्देशनहरु पालन गरौ । लकडाउन हाम्रो जीवनको सुरक्षाका लागि हो त्यसको अनिवार्य रुपमा पालना गरौ । महामारीको समयमा सामाजिक दुरी अनिवार्य कायम गरौ ।दैनिक उपभोग्य वस्तुको व्यवस्था टोलटोलमा नै मिलाउ । घरवाहिर निस्कनै पर्दा मास्कको प्रयोग गरौ । जीवन रहे भविष्य सिंगार्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस