शिक्षिका कै शैक्षिक प्रमाण पत्र नक्कली

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । श्री ज्योती प्राथमिक विद्यालय, आमभञ्ज्याङ २,मकवानपुरमा कार्यरत शिक्षिका धन कुमारी खड्का को शैक्षिक प्रमाण पत्र नक्कली पाइएको छ ।

नेपाल सरकारको राहत दरबन्दीमा नियुक्त भई कार्यरत शिक्षिका धन कुमारी खड्काको एस.एल.सि.को प्रमाणपत्र नियुक्तिको समयमा नक्कली रहेको भन्ने शंका देखिएकोले छानबिन गरी कारवाही गरीपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान भएको थियो । उनले पेश गरेको बिहार संस्कृत शिक्षा बोर्ड, पटना भारतबाट प्राप्त मध्यमा तहको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ ।

शैक्षिक योग्यताको नक्कली प्रमाण पत्र पेश गरी प्राथमिक शिक्षिकाको रुपमा कार्यरत रही भ्रष्टाचार गरेको तथ्य पुष्टि हुन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस