लुम्बिनी प्रदेश सभाका तत्कालीन चार सदस्यद्वारा सर्वोच्चमा रिट दायर

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ०२, रुपन्देही । लुम्बिनी प्रदेश सभाका तत्कालीन चार सदस्यले आफूहरूलाई कारबाही गर्ने जनता समाजवादी पार्टी नेपाल (जसपा)को निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । जसपाका चार तत्कालीन प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयले आफूहरूलाई पार्टीबाट कारबाही गरी हटाएको निर्णय विरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।

प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्धको अविश्वासका प्रस्तावमा हस्ताक्षर गरेर पनि सरकारमा सहभागी भएको जनाउँदै पार्टीले चार प्रदेश सभा सदस्यलाई पदबाट हटाएको थियो । मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि जसपाका चार सदस्यले मन्त्रीको शपथ लिएका थिए ।

पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको जनाउँदै जसपा (बाबुराम–उपेन्द्र) समूहले कारबाही गरी प्रदेश सभा सदस्य बाट पदमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस