चिनको पर्खालले लियो ५ जनाको ज्यान

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १,चीन । चीनको साङ्घाई शहरमा रहेको एक पर्खाल भत्किँदा ५ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

साङ्घाई शहरस्थित चाङ्निङ जिल्लामा रहेको एउटा कारखानाको पर्खाल भत्किँएको हो । पर्खाल भत्किँदा घाइते भएकाहरुको उपचारका लागि अस्पताल लगिएको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । पर्खाल नियन्त्रित रुपमा भत्काउने क्रममा दुर्घटना भएको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस