सशस्त्र प्रहरी र भन्सारको सक्रियतामा अबैध १० लाख बराबरको खसी र बस बरामद

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा/महेन्द्र सिंह

जेठ २,नेपालगन्ज ।  सशस्त्र प्रहरी राजस्व गुल्म र भन्सार कार्यालयको सयुक्त टोलीले १० लाख बराबर मुल्यको खसी बरामद गरेको छ ।

बुधबार गोप्य सूचनाको आधारमा चोरीको बाटो हुँदै बसभित्र खसी ल्याई रहेको र भारतबाट चराउने बहानामा नेपाल ल्याइरहेको अवस्थामा दुई पटक गरी १० लाख बराबरको ५७ वटा खसी सशस्त्र प्रहरी र भन्सार कार्यालयले पक्राउ गरेको छ । चोरीको बाटो हुँदै अवैध खसीहरु ओसारपोसर गर्न सहयोग गर्ने खसीसहित बसलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

चोरी बाटो हुँदै भन्सार छलेर अवैध सामान आयात भइरहेको बिषयमा मिडियाहरुबाट निरन्तर समाचार आएपछि अहिले सशस्त्र प्रहरी बल भन्सारले सक्रिय रूपमा खटिएका छन् । चोरीको बाटो हुँदै सामान आयातको बिषयमा राजस्व गुल्मका सशस्त्र प्रहरी प्रमुख नायब उपरिक्षक निरान्कर नाथ शुक्लाको टिम र भन्सार कार्यालयका शाखा अधिकृत बिकास उपाध्य लगाएको टिमले पक्राउ गरेको हो स्थानीय बासीहरु अनुसार हिजोआज चोरी हुने बाटोमा तस्करहरुको सातो खाने गरी भन्सार आसपास सशस्त्र प्रहरी गुल्म खटिएको देखिन सकिन्छ एक स्थानीय बासी रभी गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस