त्रिवि कर्मचारी परीक्षामा अनियमितता

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 जेष्ठ २ ,काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको समाचार आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।

आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

‘भेटिएका केही तथ्यांकले गम्भीर अनियमितता संकेत गरेका छन्’, अख्तियार स्रोतले भन्यो, ‘प्रारम्भिक छानबिनमा रहेको फाइल तत्काल विस्तृत अनुसन्धानमा गइहाल्छ । थप कागजपत्र हेरेर छानबिन गर्दै छौं ।’

अख्तियार प्रवक्ता प्रदीप कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट केही कागजात अख्तियारले नियन्त्रणमा लिएको जानकारी दिँदै छानबिन चलिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस