आफूलाई अस्थिर नेताको आरोप लगाएपनि पनि एमाले का ३ नेतालाई प्रधानमन्त्री बनाए : प्रचण्ड

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

जेठ १, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन युवा संघ नेपालले आज बृहत कार्यक्रम सहित स्थापना दिवस मनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आथित्यता रहेको कार्यक्रममा प्रमुख अथिती प्रधानमन्त्रि केपी ओली भनिएपनि उहा उपस्थित हुन सक्नुभएन ।

कार्यक्रममा नेकपाका बरिष्ठ नेताहरु माधब नेपाल र झलनाथ खनाल विशेष अथिती रहनुभएको थियो । सरकारका मन्त्रिहरु, नेकपाका स्थायी सदस्य, केन्द्रिय सदस्य, जनवर्गिय संगठनका नेताहरुको पनि बाक्लै उपस्थिती कार्यक्रममा रहेको थियो ।

कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले इतिहासका अनेक कालखण्डमा आफूलाई अस्थिर नेताको आरोप लागे पनि एमाले नेता माधवकुमार नेपाललाई संसदमा ल्याएर प्रधानमन्त्री बनाएको स्मरण गरेका थिए । उनले झलनाथ खनाललाई पनि छापामार शैलीबाट प्रधानमन्त्री बनाएको बताए । उनले बाँकी जीवन केही नयाँ गरेर मर्ने चाहना भएको पनि बताएका छन् ।

उनले पार्टी एकता नेतृत्वको ठोस पहलकै कारण सम्भव भएको भन्दै नेतृत्वले हिम्मत नगरेको भए अहिले कम्युनिष्ट नेतृत्वको सरकार नबन्ने बताए । उनले तथाकथित राजनीतिका नाममा दम्भ गर्ने धार रहेको भन्ने भन्दै दक्षिणपन्थी जडता र बामपन्थी जडताले कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने गरेकाले यी दुवै प्रवृति घातक हुने बताए ।

‘हामीले पार्टी एकता गर्यौँ । एकता ऐतिहासिक पहल थियो । राजनीतिक संगठन र आन्दोलनको पृष्ठभूमिसहित एकता भएको हो । हामीले राष्ट्रको आवाश्यक्ता, कम्युनिष्ट आन्दोलन र जनताको भावनालाई सम्मान गर्यौ । एकताका लागि कसै न कसैले पहल गर्नेपर्छ इतिहासमा । नेतृत्वको ठोस पहल कदमीबाटै ठूल्ठूला परिवर्तन भएका छन्’ प्रचण्डले एकताप्रति असन्तुष्टि जनाएका नेताहरुप्रति लक्षित गर्दै भने, ‘पार्टी एकता निरन्तरताको क्रमभङ्गता हो ।’

उनले माओत्सेतुङले भन्ने गरेको ‘संसार हाम्रो हो तपाईंहरुको पनि हो । तर, अन्तिममा तपाइहरुकै हो’ स्मरण गर्दै त्यही सोचअनुसार अघि बढ्नुपर्ने बताए । उनले काम गर्दै जाँदा केही गल्ती भएपनि त्यसलाई सच्चाउन सक्नुपर्ने बताए । उनले भने इतिहासका अनेक कालखण्डमा आफूलाई अस्थिर नेताको आरोप लागे पनि माधव नेपालदेखि केपी ओलीसम्मलाई प्रधानमन्त्री बनाउन आफ्नो भूमिका %

प्रतिक्रिया दिनुहोस