आजको मौसम : पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक बदलि

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । आज काठमाडौँ उपत्यकामा मौसम सफा रहेपनि देशको पुर्वी र पश्चिमी पहाडी भेगमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

दिउँसो देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति देशका पुर्वि भु-भागमा आंशिक देखि सामान्य बदलि र मध्य तथा पश्चिमि पहाडी भु-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस