आजको मौसम : केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काडमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ। जसका कारण हाल देशका सुदुरपश्चिम प्रदेश,कर्णालि प्रदेश, गण्डकि प्रदेश र लुम्विनि प्रदेशका भू-भागहरुमा सामान्य बदली रहेको छ र बाँकि भू-भागहरुमा आंशिक वदलि रहेको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राती प्रदेश नं १ र प्रदेश नं २ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस