लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको निधन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८,काठमाण्डौ । इमेज एफ.एम.मा कार्यरत रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । गएराति ओम अस्पतालमा उपचारको क्रममा उहाको निधन भएको हो ।

लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठ ४५ वर्षको हुनुहुन्थ्यो । उहाका श्रीमती, एक छोरा र एक छोरी छन् ।धरान घर भएका सुरज श्रेष्ठले नेपाली पत्रकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको थियो । इमेज एफ एमको चर्चित कार्यक्रम पस्तोता उहा २०५६ सालमा इमेज एफएमको स्टेशन म्यानेजरसमेत बन्नुभयो ।

लिरिसिस्ट र कम्पोजरसमेत रहेका सुरज श्रेष्ठले इमेज एफएममा ‘इमेज पप’ लगायतका लोकप्रिय कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँले म्युजिक भिडियो डाइरेक्टरको रुपमा समेत काम गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस