लागुऔषधसहित दुई जना युवकलाई पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७,सिरहा ।  लागुऔषधसहित सिरहा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधी सहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको हो ।

पक्राउ परेका मण्डलको साथबाट नाइट्रोजेपाम ५३ ट्याब्लेट प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस