टिभी नायक प्रतिश बोराकीकी दुई वर्षे छोरीको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७, एजेन्सी । खेल्दा खेल्दै खेलौना निलि ‘प्यारका पापड’ मा नन्दु गुप्ताको भूमिका निभाइरहेका नायका प्रतिश बोराकी दुई वर्षीया छोरीको मृत्यु भएको छ ।

भारतीय मिडियाका अनुसार बुधबार राती प्रतिशकी छोरी राजकोट, गुजरातस्थित आफ्नो घरमा खेलौनासँग खेलिरहेकी थिइन् । यतिबेला उनले खेलौनाको टुक्रा मुखमा हालिन् जुन उनको घाँटीमा गएर अड्कियो । सास फेर्न नसकेपछि उनको मृत्यु भयो । बिहिबार प्रतिश कार्यक्रमको सुटिङको तयारीमा थिए तर छोरीको मृत्युको खबर पाएपछि उनी सुटिङ रद्द गरेर राजकोट गए ।

प्यारका पापडबाहेक प्रतिश तारक मेहताका उल्टा चश्मा र क्राइम पेट्रोलमा पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस