उच्च अदालत तुलसीपुरकै जग्गा कब्जा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २७, काठमाडौं । अनियमितता, बेथिति, कुसंस्कार, कुशासनलगायतका विषय आजका दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ ।

सार्वजनिक जग्गा अतिक्रमणबारे श्रृंखलावद्ध रिपोर्ट छाप्दै आएको कान्तिपुरले आज अदालतकै जग्गा कब्जामा परेको खुलासा गरेको छ । उच्च अदालत तुलसीपुर अन्तर्गत बुटवल इजलास कार्यालयको जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको हो । बुटवल उपमहानगरपालिका–४ स्थित जेसिज चोकदेखि उत्तर खानेपानी कार्यालयदेखि दक्षिण र इजलास अगाडिको सडकबाट पश्चिमसम्म फैलिएको जग्गा अतिक्रमण भएको हो । त्यस्तै स्वर्गद्वारीको ९५८ बिघा जग्गा पनि कब्जामा परेको छ ।

नयाँ पत्रिकाले बूढीगण्डकीमा माफियाको चलखेल भएको ठहर गरेको छ । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सरकार १२ सय मेगावाटको राष्ट्रिय गौरवको बूढीगण्डकीलाई ८ सयमा झार्ने तयारीमा लागेको उसको दाबी छ ।

नागरिकले राजधानीको ठमेलस्थित कमलपोखरी हडपेर छायादेवी कम्प्लेक्स (छाया सेन्टर) निर्माण गर्न राज्यका जिम्मेवार निकायका अधिकारीहरुलाई नै प्रभावमा पारिएको दाबी गरेको छ ।

पुरातात्विक वस्तु तथा क्षेत्र संरक्षणको दायित्व बोकेको पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले कम्प्लेक्स निर्माण रोक्न कानूनी प्रक्रिया अपनाउनुको सट्टा सहयोगी भूमिका खेलेको नागरिकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस