कांग्रेसको जागरण कार्यक्रममै कुटाकुट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २६, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कांग्रेसको जागरण अभियान उद्घाटनका क्रममा झडप हुँदा १ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकको कार्यक्रमस्थलमै पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच कुटाकुट हुँदा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ ।

जागरण अभियान उद्घाटन सत्रको सुरुमै मन्तव्य राखेका देउवमा पक्षधर हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले पार्टी जिल्ला सभापति विकास लामाले एकलौटी पार्टी चलाएको आरोप लगाएका थिए । जिल्ला सभापति लामाले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको र त्यसले झडपको रुप लिएको हो ।

कार्यकर्ताबीच विवाद भएपछि कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सम्झाउने प्रयास गरेकि थिइन । कार्यकर्ता थप उत्तेजित भएपछि बस्नेत राजधानी फर्केकी छिन ।

प्रतिक्रिया दिनुहोस