टिकटक बनाउने क्रममा भिरबाट लडेर एकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २५, उदयपुर । उदयपुरको कटारी नगरपालिका ११ स्थित हर्देनी भीरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धरान ५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर हर्देनी भीरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुक्रबार धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ ज ३३७० नम्बरको सुमो उदयपुरको कटारी नगरपालिका ११ स्थित हर्देनी भीरको सडकमा बिग्रिएको र सुमो बनाउन केहि समय लाग्ने भएकोले यात्रुहरु सुमो बन्ने पर्खाइमा बसिरहेको अवस्थामा सोही सुमोमा सवार रहेका परियार सुमोबाट ओर्लिएर हर्देनी भीरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर गभिर घाईते भई उपचारको लागी परियारलाइ अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

मृतकको शव मोस्टमार्टम को लागि अस्पताल लगिएको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनकरी दिए ।

प्रतिक्रिया दिनुहोस