दाङको तुलसीपुरमा अटो एम्बुलेन्स सेवा सुरु

Khabar24Nepal Author Logo..
खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, दाङ । तुलसीपुर उपमहानगरपालिकामा ९ वटा अटो एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । जेसिजका पूर्वअध्यक्ष मोहन सुनार, अजय दुलाल, सुनिलबाबु डाँगीको पहलमा अटो संचालकसंग समन्वय गरेर अटोलाई लकडाउनभरी एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी तयार गरिएको एम्बुलेन्स परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिए ।

तुलसीपुर क्षेत्रमा एम्बुलेन्सले बिरामीहरुसंग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमित बिरामीलाई गाउँबाट शहरसम्म सहज रुपमा पु¥याउन अटो एम्बुलेन्सको प्रयोग गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य समेत रहेका कुमालले बताए ।

यसैबिच अटो एम्बुलेन्सलाई शुक्रबार तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ । यो संगै अटो एम्बुलेन्सले साविककै तोकिएको दररेटमा बिरामीलाई अस्पताल लैजान र ल्याउन सहज हुने अपेक्षा गरिएको छ । सो अवसरमा नगर प्रमुख पाण्डेले आँफुहरु अहिले कोरोनासंग युद्ध लडिरहेको बताउँदै जितेर छाड्ने बताए । अटो एम्बुलेन्स प्रयोगका लागि कुनै पनि व्यक्तिले सम्पर्क नम्बर ९८५७८२५८६३ नम्बरमा सम्पर्क गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस