दाङमा जेठ १ गतेसम्म लकडाउन थप

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४,  दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जेठ १ गतेसम्मको लागि एक हप्ता लकडाउन थप गरिएको छ । कोरोना संक्रमणदर कायमै रहेको हुँदा बैशाख १७ देखि जारी लकडाउनलाई जेठ १ गतेसम्म थप गरिएको दाङका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) दाङका संयोजक दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस