नेपालसहितका चार मुलुकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी मलेसिया

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४, काठमाडौं । मलेसियाले नेपालसहितका चार मुलुकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ । कोभिड(१९ को नयाँ प्रजाति फैलिनबाट रोक्न भन्दै मलेसियाका बरिष्ठ मन्त्री इस्माइल साब्री याकोबले बुधबार यस्तो घोषणा गरेको त्यहाँको अखबार द स्ट्रेट टाइम्सले जनाएको छ ।

नेपालसहित श्रीलंका, बंगलादेश र पाकिस्तानलाई पनि यात्रा प्रतिबन्ध लगाउने तयारी छ । मलेसियाले भारतसँग लगाएको यात्रा प्रतिबन्ध चाहिँ अप्रिल २८ सम्म रहने जनाइएको छ । तर, नेपालसहितका चार मुलुकलाई यात्रा प्रतिबन्ध कहिलेदेखि भन्नेबारे केही उल्लेख गरिएको छैन ।

पर्यटक र बिजनेस भिजामा आउने यात्रुलाई रोक लगाइएपनि कूटनीतक भ्रमणलाई चाहिँ खुलै राख्ने मलेसियाको तयारी छ । केही दिनयता मलेसियामा कोभिड-१९ संक्रमणमा वृद्धि भएको छ । नेपालले पनि शुक्रबारदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ

प्रतिक्रिया दिनुहोस