प्रदेश सांसद विमलाको घरमा कालो झण्डा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४, दाङ । एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी लुम्बिनी प्रदेशसभा विमला वलीको घरमा कालो झण्डा राखिएको छ । आज बिहानै तुलसीपुर ६ टरीगाउँस्थित सांसद वलीको घरको गेटमा कालो झण्डा देखेको छिमेकी डम्बर भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार आज बिहान करिब ८ बजे मोटरसाइकलमा आएका दुई युवाले झण्डा तानेर लगिसकेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले सांसद वलीको घरमा कालो झण्डा राखेको खबर पाएपछि प्रहरी पुगेको र त्यतिबेला झण्डा नभेटिएको जनाएको छ । तुलसीपुरका डीएसपी शिव सिंहले कालो झण्डा राख्ने व्यक्तिको खोजी भइरहेको बताए ।

वली टरीगाउँको त्यो घरमा ताला लगाएर घोराहीमा भाडामा बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस