धादिङको गजुरीबाट प्रहरीले पक्रियो ४६ केजी चरेस

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २३,धादिङ । गजुरी गाउँपालिका २ सेती खोलास्थित सडकबाट कैलाली धनगढी उपमहानगरपालिका ४ बस्ने ४६ वर्षीय काल्चे बोहोरालाई अवैध लागूऔषध चरेश ४७ किलो र ९ सय ७८ ग्राम अफिम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको डिएल ३ सिएडी ७०८१ नम्बरको भारतीय कारलाई जाँच गर्ने क्रममा कारमा लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी कार सहित चालक काल्चेलाई पक्राउ गरेको हो ।

यस्तै सर्लाही, लालबन्दी नगरपालिका ३ भैरवपुर चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी १ सय एमएलको बोतल १ सय २५ थान तथा नाइट्राभेट ५ सय ७० ट्याब्लेट, मोबाईल १ थान र नगद ६ हजार रुपैयाँ सहित आइतबार राति २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका ५ मेजरगंज बस्ने २३ वर्षीय रुपेश चौधरी र रौतहट गुजरा भवानीपुर नगरपालिका ८ बस्ने १८ वर्षीय राहुल चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले ना.६१ प ६४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक रुपेश र मोटरसाइकलमा सवार राहुललाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस