नयाँ शक्ति र फोरम बीच एकता घोषणा आज हुँदै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, काठमाण्डौ । संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच आज दिउँसो पौने १२ बजे काठमाण्डौको राष्ट्रियसभा गृहमा एकता घोषणा हुँदैछ । अब बन्ने नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल रहनेछ ।

नयाँ दलमा डाक्टर भट्टराई संघीय परिषदको अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्नुहुनेछ । संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् । ३ सय सदस्यीय केन्द्रीय समिति बनाउने र समितिमा २ सय जना फोरमका र ९९ जना नयाँ शक्तिका केन्द्रीय सदस्य रहने सहमति दुवै दलले गरेका छन् ।

सरकारबाट तत्काल नहट्ने तर यसअघि संघीय समाजवादी फोरमले संविधान संशोधनका लागि केही दिनको समय दिने र माग पूरा नभए सरकारबाट अलग हुने सहमति दुवै दलले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस