रुसमा विमानमा आगो लाग्यो, कम्तिमा ४१ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, एजेन्सी– एक रुसी यात्री विमानमा आगो लाग्दा कम्तिमा पनि ४१ जनाको मृत्यु भएको छ ।

तस्वीर–रोयटर्स

बीबीसीका अनुसार यात्रु बोकेको विमानमा आगो लागेपछि मस्को स्थित विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो ।

विमानमा कुल ७८ यात्रु सावर थिए जसमध्ये ३७ जनामात्र जीवित बचेको प्रमुख जाँचकर्ताले जानकारी दिएका छन् । रुसी सरकारी सञ्चारमाध्यमहरुले दुर्घटनामा ४१ जनाको ज्यान गएको सरकारी अधिकारीलाई उदृत गर्दै लेखेका छन् ।

रुसको सरकारी विमान कम्पनी ‘एयरोफ्लोट’ का अनुसार विमान देखिएको समस्या पछि विमानस्थलमा फर्कनु परेको थियो । तर कम्पनीले भने यसबारेमा केही बताएको छैन ।

सामाजिक सञ्जालहरुमा आएको भिडियोका अनुसार यात्रुलाई विमानको आपतकालिन ढोकाबाट निकालिइरहिएको छ ।

एक अर्को भिडियोमा विमान ल्याण्ड गरिरहेको समयमा त्यसबाट धुवाको कालो मुस्लो उडिरहेको थियो । अर्को भिडियोमा भने विमान अवतरण गर्ने समयमा यताउति हल्लिएको देखिएको छ ।

यो एक सुपरजेट १०० विमान हो जो मस्कोको शेरेमेत्येवो विमानस्थालबाट मरमास्क जाँदै थियो । एयरोफ्लोट कम्पनीका अनुसार विमानले उडान भरिसकेको थियो तर केही प्राविधिक समस्या देखिएपछि विमानलाई विमानस्थल फर्काइएको थियो । रनवेमा ल्याण्ड गर्ने क्रममा विमानको इन्जिनमा आलो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस