पर्यटन प्रवर्धनमा रोल्पाको सुनिलस्मृति गाउँपालिका

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २२ रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले आफनो पञ्चवर्षिय आवधिक योजनामा पर्यटन प्रवर्धनकोलाई प्राथमितामा राखेको छ ।

तस्बिर : भरत नेपाली

बैशाख १८ देखि २० गते सम्म गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रका सम्बन्धित रोकारवाला निकायहरुलाई सहभागि गराई उक्त पञ्चवर्षिय आवधिक योजनामा पर्यटन प्रवर्धनकोलाई प्राथमिकतामा राखेको हो । साँस्कृति,धार्मीक तथा भौगोलिक रुपमा प्रशस्त मात्रमा पर्यटकीय स्थल रहेको यस गाउँपलिकामा प्रचार प्रसारको कमिले पछाडि परेकाले त्यसलाई प्राथमिकता दिइ योजना बनाइ प्रचार प्रसार गर्न सकेमा स्वदेशि तथा विदेशि प्रर्यटक आउने राम्रो सम्भावना रहेको छ । जसबाट गाउँपालिकालाई आम्दानीको स्रोत समेत हुने भएकोले पर्यटन प्रवर्धनको कार्यक्रमलाई प्राथमिकता दिएको गाउँपलिकाले बताएको छ ।

सुनिलस्मृति गाउँपालिका भित्र रहेका गजुलकोट दरवार, खुंग्रीकोट दरवार खुंग्रीको त्रिपुरेश्वरी मन्दिर, चतुर्भूज, घोडागाउको रातोमाटो, ऐतिहासिक घोडाकोट मन्दिर, कोइराल खर्कको भगाने गुफा,ऐतिहासिक लिस्ने लेख लगायतका धार्मिक, साँस्कृतिक तथा भौगोलिक पर्यटकीय स्थलहरुलाइ प्रचार प्रसार तथा व्यवथित गर्नको लागि आ.व ०७६/०७७ देखि नै योजना वद्घरुपमा गाँउपालिका लाग्ने गाउँपलिकाका अध्यक्ष गुणेन्द्र घर्ती बताए ।

तस्बिर : भरत नेपाली

त्यस्तै उक्त पञ्चवर्षिय आवधिक योजनामा पहिलो प्राथमिकतामा सुनिलस्मृति गाँपालिका वाड नं.१ घोडागाँउमा रहेको रातोमाटोमा रेड पार्क बनाउनको लगि योजना भएको छ , जस अनुसार सुनिलस्मृति गाउँपालिका अध्यक्ष लगाएतको टोलिले स्थलगत अध्ययन समेत गरेको छ । रोल्पाको फरक पहिचान बोकेको घोडागाउको रातोमाटोले जो कोहिलाइ पनि आकर्षण गर्ने भएकोले देश विदेशबाट घुम्नको लागि त्यहा आउने गरेकोले उक्त ठाउँमा रेडपार्क निमार्णको लागि डि.पि.रा. तयारको लागि आवश्य बजेटको व्यवस्था गरि निमार्ण कार्य सुरु गर्ने अध्यक्ष घर्ती बताए । प्राकृतिक रुपमा समथर भूवनोट रहेको घोडागाउँको तत्लो भागमा करिव ३०/३५ हेक्टरमा फैलिएको अहोरात्र रात्याम्म देखिने रातोमाटोमा रेड पार्क निमार्ण हुने भए पछि स्वदेसि तथा विदेसि पर्यटकहरु रेडपार्कको आवलोकन तथा आनन्द लिन आउने गाउँपालिकाले बताएको छ ।

रोल्पाको नमुनाको रुपमा निमार्ण हुन लागेको रेडपार्कले घोडागाउको मात्र पहिचान नभै समग्र रोल्पाको पहिचान सगै आर्थिक आम्दानीको राम्रो स्रोत हुने रेड पार्क निमार्णको लागि आफु लगाएत सम्पूर्ण वडा वासि लागि पर्ने सुनिलस्मृति गाउँपालिका वाड नं. १ का अध्यक्ष केशवलाल कवरले बताए ।

घोडागाँउको रेड पार्क सगै गाउँपलिकाको अन्य पर्यटकीय स्थालहरुको प्रचार प्रसार तथा प्रवर्धन गरेमा दैनिक सयौको सख्यामा प्यूठानको स्वर्गद्वारी आउने प्रर्यटक यहाँ पनि आउने राम्रो सम्भावना रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस