घुस रकम सहित पक्राउ चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृतको आज आरोप पत्र दायर

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, काठमाडौं । चन्द्रागिरी नगरपालिकाको कार्यालय, बलम्बु, काठमाडौंमा कार्यरत लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईको आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । उनलाई)धुस रकम सहित २०७६।०१।०२ गते कार्यालय परिसर बाहिरबाट पक्राउ गरिएको थियो ।

सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको थियो । उनले सेवाग्राहीसँग रू.२०,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस