नायव सुब्बा घुस रकम लिदै गर्दाको अवस्थामा पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, काठमाडौं । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठक घुस रकम रकम सहित पक्राउ परेका छन ।

अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिइ गएको टोलीले उनलाई सेवाग्राहीसँग रू.३,००,०००।– घुस रकम लिदै गर्दाको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनलाई बैशाख २१ चारबाहीनी चोकस्थित श्री लयर्स च्याम्बरबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रवब्ता प्रदिप कुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस