नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर बन्यो ‘समाजवादी पार्टी, नेपाल’ 

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, काठमाण्डौ । संघीय समाजवादी फोरम पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पाटी एकता भएको छ ।

फोरमका अध्यक्ष उपेन्द्र यादब र नयाँ शक्ति पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले शनिबार समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने र एकताको औपचारिक घोषणा सोमबार काठमाडौमा गरिने दुवै दलका अध्यक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति

सहमति अनुसार डाक्टर भट्टराई र यादव दुवै नयाँ पार्टीको अध्यक्ष बन्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् । डाक्टर भट्टराई संघीय परिषदको र यादवले केन्द्रिय समितीको नेतृत्व गर्ने समझदारी भएको छ । यी २ दलबीच यसअघि पनि पार्टी एकता गर्ने सहमति भए पनि अन्तिम समयमा हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस