प्रतिनिधिसभाको अधिवेशन आह्वानपछि सांसद तथा कर्मचारीको पीसीआर परीक्षण 

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २१, काठमाडौँ। संसद्को विशेष अधिवेशन आह्वान गरेपछि संसद् सचिवालयले सांसदहरुको पीसीआर परीक्षण गर्न लागेको छ । संघीय संसद्का सबै सांसदहरुको बुधबार र बिहीबार पिसीआर परीक्षण हुन लागेको हो ।

संघीय संसद्का सबै माननीयज्यूहरुको यही वैशाख २२ र २३ गते संसद् भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म पीसीआर विधिबाट कोभिड परीक्षण हुनेछ । कर्मचारी, आईसीसीका कर्मचारी, मर्यादापालकलगायतको पनि स्वाब टेस्ट हुने बताइएको छ । संसद् सचिवालयले उपस्थितिको लागि सबैमा अनुरोध गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस