झापामा चट्याङ्ग लागेर प्रहरी  निरीक्षकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ्ग लागेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमवार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा चट्याङ्ग लागेर उनी घाइते भएका थिए ।

तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याउँदा चिकित्सकले उनको ज्यान गइसकेको जानकारी गराएका थिए। मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षका थिए । भारतसँगको सीमा नजिक रहेको अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस