अमेरिकाले १२ देखि १५ वर्ष उमेर समूहलाई फाइजर खोप दिन अनुमति दिने

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, एजेन्सी । अमेरिकी खाद्य तथा औषधि नियामक एफडीएले १२ देखि १५ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोरोना विरुद्धको खोप दिन अनुमति दिने भएको छ ।

एफडीएले आउँदो हप्ता कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई लगाउन स्वीकृति दिने तयारी गरेको एफडीएका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था सीएनएनले जनाएको छ । १२ देखि १५ वर्ष उमेर समूहका २२ सय ६० जनामा गरेको परीक्षणमा शत प्रतिशत राम्रो नतिजा आएपछि अनुमति दिन लागेको खबरमा उल्लेख छ ।

यसअघिका कुनै पनि खोप १६ वर्षमुनिकालाई लगाउन अनुमति दिइएको छैन । फाइजरको खोप यसअघि १६ वर्षमाथिकालाई र अन्य खोप १८ वर्षमाथिका लागि अनुमति प्राप्त छन् । फाइजर कम्पनीले आफ्नो खोप ६ महिनादेखि वर्षसम्मका बालबालिकाका लागि पनि परीक्षण भइरहेको र सम्भवत सन् २०२२ सम्ममा १२ वर्षमुनिका बालबालिकालाई खोप तयार हुने फाइजर कम्पनीलाई उदृत गर्दै सीएएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस