जसपामा विवाद चुलिदैं

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शीर्ष नेतृत्वमा आपसी विवाद बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिनुपर्ने निर्णय भएसँगै जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढेको हो ।

जसपा नेपालमा महन्थ ठाकुर पक्षीय नेतृत्व प्रधानमन्त्री ओलीप्रति नरम छ भने उपेन्द्र यादव पक्ष विपक्षी गठबन्धनतिर देखिएको छ । यो सन्दर्भमा जसपा नेपालको महन्थ ठाकुर पक्षले राजनीतिक सक्रियता बढाउँदै लगेको छ । जसपाको पार्टी कार्यालयका सचिव प्रदीप पाठकले अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य र सांसदहरूलाई फोन गरेर जानकारी सङ्कलन गरिरहेको तथा मङ्गलबारसम्म काठमाडौं आउन सूचना दिइएको जानकारी दिए ।

केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसदहरू कहाँ रहेको भन्ने थाहा पाउन र संसद् बोलाइसकेकाले समयमै काठमाडौँ आउन निर्देशन दिएकाले जसपाको पार्टी कार्यालयका सचिव पाठकले सम्पर्क गरेको जसपाका केन्द्रीय कार्यकारिणी सदस्य डा। सुरेन्द्र झाले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस