चट्याङ लागेर वडासदस्यको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, बैतडी । चट्याङ लागेर बैतडीमा वडासदस्यको मृत्यु भएको छ । सोमबार राती साढे ८ बजे परेको चट्याङले पञ्चेश्वर गाउँपालिका-६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्त दर्शन खड्काका अनुसार घर नजिकैको अन्न पिध्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । मृतक भण्डारीको शव पोष्टमार्टमा लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस