नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी र एकदिवसीय वरीयतामा माथि उक्लियो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २०, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा पुनः माथि उक्लेको छ । नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृङ्खला जितेर एक स्थानमाथि उक्लेको नेपाल एक साता नबित्दै आईसीसीको नयाँ वरीयतामा पुनः एक स्थानमाथि उक्लेको हो ।

आईसीसीले सोमबार जारी गरेको नयाँ वरियता बमोजिम नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १३ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १४ औं स्थानमा थियो । पछिल्लोपटक नेपालले स्कटल्याण्ड र यूएईलाई उछिनेको छ । नेपालभन्दामाथि टेष्ट मान्यता प्राप्त राष्ट्रहरु छन् । आईसीसीको नयाँ वरीयतामा इंग्ल्याण्ड शीर्षस्थानमा यथावत छ ।

त्यसैगरी, नेपालले अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेटको विश्व वरियतामा समेत एक स्थानमाथि उक्लेको छ । यसअघि १७ औं स्थानमा रहेको नेपाल आईसीसीले सोमबार जारी गरेको नयाँ वरीयतामा १६ औं स्थानमा उक्लेको छ । नेपालले एकदिबसीय क्रिकेटमा यूएईलाई उछिनेको हो । आईसीसीको नयाँ वरीयतामा न्युजिल्याण्ड अन्तर्राष्ट्रिय एकदिबसीयको शीर्ष स्थनमा छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो तथा इंग्ल्याण्ड चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस