बैतडीमा सोमबारदेखि निषेधाज्ञा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, बैतडी । बैतडीमा सोमबारदेखि निषेधाज्ञा शुरू भएको छ । नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भन्दै प्रमुख जिल्ला अधिकारीले जेठ २ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन् ।

बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार निषेधाज्ञा सोमबारदेखि जेठ २ गते राति १२ बजेसम्म लागू हुनेछ । आइतबार सदरमुकाममा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस गरेपछि निषेधाज्ञाको घोषणा गरिएको हो । नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस