आजको मौसम : केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ। जसका कारण देशको प्रदेश २ र प्रदेश १ मा सामान्य देखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र प्रदेश २, लुम्विनी, र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। यस्तै राती देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ।

महाशाखाले देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस