वैशाख २२ देखि अन्तर्राष्ट्रिय उडान नहुने

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वैशाख २२ देखि अन्तर्राष्ट्रिय उडान नहुने भएको छ । संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २२ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको हो । आवश्यक पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस