डोजरले खानेपानीको मुुख्य पाईपलाईन काट्दा,२ सय ७२घरधुरीमा खानेपानीको समस्या

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

वैशाख २१, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाको वृहत ग्रामीण खानेपानी परीयोजनाको मुख्य पाईप लाईन मापदण्ड विपरित सडक डोजरले खन्दा ठाटीकाँध बजारमा रहेका व्यापारी लगाएत गाउँपालिका भरका २सय ७२ घरधुरी,गाउँपालिका कार्यालय ,स्वास्थ्य केन्द्रमा समेत खानेपानी समस्या भएको छ ।

खानेपानी ग्रामीण जलस्रोत व्यबस्थापन परीयोजनाको ११ कि.मि मध्ये ७कि.मि अन्तर्गत सेरीपाटामा मापदण्ड विपरीत डोजरले छरपट्ट काटिएको पाईपका टुक्रा । तस्वीर : पंखबहादुर शाही

गाउँपालिकाको वडा­२को चुच्चेढुुँगा­ठाटीकाँध बजार हुँदै लामामेला करिब ११कि.मि मध्ये करिब ७ कि.मिमा पर्ने सेरीपाटामा मापदण्ड विपरीत गोरेटो सडक खन्ने क्रममा पाईपलाईन काटिएको खानेपानी समितिका अध्यक्ष मनबहादुर लामिछानेले बताए ।,पाईप लाईनलाई बचाउँछौँ,क्षति हुन दिदैनौँ भने,तर हाल चक्नाचुर बनाईदिए ,उनले भने ।

ठुलो संघर्षका बावजुत गत बर्षदेखि काम सुरु गरेको आर.भि.डब्लु आर एम्पी र गाउँपालिकाको साझेदारिमा उक्त खानेपानी परीयोजनाले गएको चैत महिनामा ठाटीकाँध बजारमा खानेपानी पुर्र्याईएको थियो ।

लामो समयपछि ठाटीकाँध बजारबासीको खानेपानी पिँउने चाहना बल्ल तल्ल पुुरा हुँन थालेको थियो ।,विकासको साटो मनपरी ढँगबाट स्टमेटविना, पहँचवालाको विकविकीले गाउँपालिकाका हरेक विकासका कार्यमा समेत विवाद शिर्जना हुने गरेको छन् । उक्त परीयोजनाको सुक्रबार आर.भि.डब्लुु आर एम्पी खानेपानी ग्रामीण जलस्रोत व्यबस्थापन परीयोजनाको टोलि गएर उक्त अवलोकन समेत गरेको छ ।
विगत पाँच बर्षदेखि ठाटीकाँध लगाएत जिल्लाका विभिन्न ठाउँमा साना ठुला खानेपानी योजनाको काम निर्माण गर्दै आएको आर.भि .डब्लु.आर.एम्पीको उक्त आयोजना हालसम्मकै महत्वपुर्ण आयेजना भएको आर.भि.डब्लु.आर.एम्पीले जनाएको छ ।

आर.भि.डब्लु.आर.एम्पीको ६० लाख र गाउँपालिकाको १ करोड १८ लाख बजेटमा उक्त आयोजनाको काम सम्पन्न भएको खानेपानी समितिका सचिव खड्के बिष्टले बताए । कुल ११ कि.मि पाईप लाईन , ९ टयाँकी ,डि.सी ३ वटा ,र ६४ धारामा खानेपानी मिटर जडान भैसकेको खानेपानी ग्रामीण जलस्रोत व्यबस्थापन परीयोजनाले जनायो । “६४ धारमा मिटर जडान गरीएपनि खानेपानी भने २ सय ७२ घरधुरीनै प्रयोग गरेका थिए ।”

आर.भि..डब्लु.आर.एम्पीले ठाटीकाँध लगाएत जिल्लाका विभिन्न ठाउँमा खानेपानीका योजना निर्माण गर्दे आएको छ । खानेपानी समस्या भएपछि स्थानीय ,व्यापारीले पानी भर्नको लागि राति नौ बजेसम्म लाईन बस्नुपर्ने अबस्था शिर्जना भएको छ ।

गाउँपालिकाले मापदण्ड विपरीत सडक खन्ने गर्दा खानेपानीका मुहान,र पाईप लाईनमा क्षति भएको छ ,एक व्यापारीले भने । उक्त सडक सञ्जालमा समेत विवाद भएर सडक खन्न रोकिएको र सडक अर्का ठाउँबाट खन्न सुरु गरेको छ ।

सडक केही उपभोक्ता समितिका पदाधिकारी र केही वुद्धीजीविले मनोमानी गर्दा उक्त सडक सञ्जाल रातारात खन्न सुरु गरेको वडा­२का वडा अध्यक्ष रुपलाल विश्वकर्माले बताए । हाल डोजर सडक विवाद भएपछि खन्न छोडेर ठाटीकाँध­बागवन सडकमै सञ्चालनमा रहेको बताए ।

उक्त पाईप लाईनलाई पुुन सञ्चालनमा ल्याउँनको लागि निकै गाह्रो हुुने परीयोजनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस