उपत्यकामा एकैदिन ३६६६ जनामा कोरोना संक्रमण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८ जनासङ्क्रमित थपिएका छन् । हाल ५४ हजार ४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३७ जना सङ्क्रमितको मृत्युको पुष्टि गरेको छ । यो संख्या चौबीस घण्टामा पुष्टि भएका मृतकको अहिलेसम्मकै सबैभन्दा बढी हो ।

प्रतिक्रिया दिनुहोस