शहरी विकास मन्त्रीको पहलमा रौतहटमा २ पुल बन्ने

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २०, काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहको विशेष पहलमा रौतहटमा थप २ वटा पुल निर्माण हुने भएको छ । “नदीले गाउँ-गाउँलाई विभाजन हैन, गाउँ-गाउँ र गाउँ-शहरलाई जोड्नुपर्छ” भन्ने संकल्पका साथ पुल निर्माण हुन लागेको हो ।

बागमती, लालबकैया, गुजरा, अरुवा, भकुवाजस्ता नदीहरुमा दर्जनौं-दर्जन पुल निर्माण गर्नुभएका साहको पहलमा अब झाँझ नदीको मिठुअवामा र बालचनपुर-जंगलसैंया सड़कमा पर्ने लमहा नदीमा पुल बन्ने भएको हो ।

केही दिन अगाडी मात्र मिठुअवाको आम सभामा शहरी विकास मन्त्री साहले सार्वजनिक रूपमा यही आर्थिक वर्षमा यस सरकारले मिठुअवामा पुल बनाउने उदघोष गर्नुभएको थियो, र आज आफ्नो प्रतिबद्धता पूरा गर्दै उहाँले पुल बनाउने मिठुअवाबासीको सपनालाई साकार पार्नुभएको हो ।

“जनताको आवश्यकतालाई पूरा गर्दै गाउँदेखि शहरसम्म तीव्र विकास गर्ने उहाँको कार्यशैली सराहनीय एवम् अनुकरणीय छ । मन्त्री साह नेतृत्वमा हाम्रो पुस्ताले समृद्धिको यात्रालाई पूरा गर्नेछ।” रौतहटका एक स्थानियले भने ।

प्रतिक्रिया दिनुहोस