काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २०, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा प्रवक्ता शर्मालाई कोरोना भाइरस संक्रमण भएको हो ।

सामाजिक सन्जालमार्फत्शर्माले आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभएको हो । उहाँले कोरोना संक्रमणबाट जोगिनका लागि सजग रहन सबैलाई आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन “ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l टेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ l
सबैलाई विनम्र आग्रह छ – सजग बनौं !”

प्रतिक्रिया दिनुहोस