कोरोनाका कारण ३७ को मृत्यु , मृतकको अहिलेसम्मकै सबैभन्दा बढी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३७ जना सङ्क्रमितको मृत्युको पुष्टि गरेको छ । यो संख्या चौबीस घण्टामा पुष्टि भएका मृतकको अहिलेसम्मकै सबैभन्दा बढी हो ।

हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ३६२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७३८८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ४३ हजार ४१८ पुगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस