थप ७३८८ कोरोना संक्रमित थपिए, दुई हजार २१ कोरोना मुक्त

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८ जनासङ्क्रमित थपिएका छन् । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ४३ हजार ४१८ पुगेको जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार २१ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ८६ हजार १५ जना कोरोनामुक्त भएका छन् । सङ्क्रमित संख्या बृद्धि हुनु र निको हुने कम हुँदा सङ्क्रमित निको हुने दर घटेर ८३.३ प्रतिशत भएको छ । हाल ५४ हजार ४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस