काठमाडौं निशेधाज्ञा : प्रहरीद्वारा थप कडाइ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २०, काठमाडौं ।  जिल्लामा प्रशासनले लगाएको निशेधाज्ञामा नेपाल प्रहरीले थप कडाइ गरिेको छ । काठमाडौका प्रहरि प्रमुख एसएसपी अशोक सिंहले अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएकाले नियन्त्रणका लागि थप कडाइ गर्ने बताउनुभयो ।

काठमाण्डौका विभिन्न स्थानमा चेक पोष्ट राखेर जिल्ला प्रशासन कार्यलयले जारि गरेको नियम अनुसार चेक जाचँ गरिएको वरिष्ठ प्रहरि उपरिक्षक अशोक सिंहले जानकारि दिनुभयो । साथै उहाँले अत्यावश्य बाहेकका काममा घर बाहिर ननिस्कन पनि अनुरोध गर्नु भयो ।

यस्तै समाचार संकलन गर्ने सञ्चारकर्मीहरुलाई पनि सूचना विभाग र प्रेस रजिष्टारको कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मात्र हिडडुल गर्न दिइने भएको छ । यस्तै बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरुलाई पनि एक चौथाइ कर्मचारीमार्फत सेवा प्रवाह गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस