पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २०, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार शुक्रबार राति १२ बजेदेखि बढेको मूल्य लागू भएको हो । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलमा १ र १ रुपैयाँ मूल्य बढेको छ  । काठमाण्डौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस