स्पेनिस ला लिगामा रियल विजयी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९,काठमाडौँ। रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई २–० ले हरायो । योसँगै ला लिगाको उपाधि होड रोमाञ्चक भएको छ ।

घरेलु मैदानमा रियललाई जित दिलाउन इडेर मिलिटाओ र कासिमिरोले एकरएक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल गरेको हो ।

जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोडेको छ । रियल तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको एट्लेटिकोको ७६ अंक छ । पराजित ओसासुनाको ४० अंक छ ।

प्रतिक्रिया दिनुहोस