भारतमा एकैदिन चार लाखमा कोरोना सङ्क्रमण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, काठमाण्डौ । भारतमा शुक्रबार एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म एक करोड ९१ लाख ६३ हजार जनामा कोरोना पुष्टि भइसकेको छ । यस्तै शुक्रबार तीन हजार चार सय ६४ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार सात सय नाघेको छ । यसैबीच भारतले कोरोना परीक्षणको संख्या तीव्र गतिमा बढाएको छ ।

प्रतिक्रिया दिनुहोस