युवा संघ स्थापना दिवसलाई युवासंघ र वाइसीएलले भव्य रुपमा मनाउने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

बैशाख १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन युवा संघ स्थापना दिवस जेठ १ लाई युवासंघ र वाइसीएलले भव्य रुपमा मनाउने भएका छन ।

युवा संघको स्थापना दिवस विशेष कार्यक्रम जेष्ठ १ गते राष्ट्रिय सभागृह काठमाडौँमा हुने भएको छ । दिवशमा प्रमुख अतिथिका रुपमा युवा संघका संस्थापक अध्यक्ष, वर्तमान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हुने भएका छन् भने विशेष अतिथिका रुपमा अखिल नेपाल युवा संगठनका संस्थापक अध्यक्ष, वर्तमान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल हुने भएका छन् ।

युवा संघ केन्द्रिय कार्यालयमा युवा संघ नेपाल र वाइसिएल नेपालको संयुक्त बैठक युवा संघका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा बसेको थियो । कार्यक्रममा आफ्नो स्थापना दिवशलाई सभ्य र व्यवस्थित रुपमा मनाउन जेष्ठ १ गते दुवै संगठनले संयुक्त रुपमा स्थापना दिवश मनाउने उद्घोष गरेका हुन । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक तुल्याउन दुवै संगठनले स्थापना दिवशको सँगसँगै देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताइएका छन ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, पूर्वपरराष्टमन्त्री तथा युवा संघका इन्चार्ज महेन्द्र बहादुर पाण्डेले युवाहरुले आगामी दिनमा देशको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भएकाले नयाँ सोच, नयाँ विचार तथा नविनतम प्रविधिका आधारमा अडिक रही देश र जनताको पक्षमा अहोरात्र लाग्न निर्देशन दिएका छन् । उनले स्थापना दिवशको अवसरमा कुनै विशेष नयाँ प्रकारको योजना ल्याई जनतामाझ जान समेत निर्देशन दिए । कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल बनाउन युवाहरु जस्तोसुकै बलिदानी गर्न तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा) ले दुई संगठन एक भई अघि बढ्नलाई आफ्नो कुनै पनि स्वार्थलाई त्यागी आफुले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै अघि बढ्नुको कुनै विकल्प नभएको बताए । कार्यक्रममा युवा संघका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले युवा संघले विगतदेखि हालसम्म राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा देशभर गरिएका प्रगतिशील कार्यहरुको जानकारी गराए ।

स्थापना दिवशलाई भव्य र सव्य रुपमा सम्पन्न गराउन दुवै संगठनले आ–आफ्ने उप समिति परिचालन कमिटी समेत गठन गर्ने भएका छन । जसमा युवा संघले आजै पाँच वटा कमिटी समेत निर्माण गरेको छ । जसमा मुल व्यवस्थापन समितिको संयोजक वरिष्ठ उपाध्यक्ष किरण पौडेलको नेतृत्वमा गोविन्द थापा, क्रान्ति वुर्लाकोटी, हस्तवहादुर शाही, प्रभात विक्रम कटुवाल, पर्शुराम बस्नेत रहेका छन् । जनपरिचालन हस्त शाही, बचन बहादुर सिंह, रोशन बस्नेत, प्रकाश गौतम, सिंगो प्रेदेश नं ३, उपत्यकामा रहेका सवै केन्दीय सदस्य सवै, ३ नंं प्रदेशमा रहेको सवै जिल्ला कमिटीका सवै तथा क्षेत्र र नगरका अध्यक्ष रहेका छन् । आर्थिक समितिमा संघका गोवन्द थापा र अमित लामा रहेका छन् । हल तथा कार्यक्रम स्थल व्यवस्थापनमा प्रभाव विक्रम कटुवाल, क्षितिज थेवे, अशोक चौलागाई रहेका छन् । यातायातमा पर्शुराम बस्नेत, राजेश शाह र निरेशलाल सिंह रहेका छन् । अतिथि सत्कारमा क्रान्ति वुर्लाकोटी, अञ्जना अधिकारी, सांस्कृतिकमा उर्मिला सुनुवार र राजन थापा रहेका छन् । पार्टी प्रवेश व्यवस्थापकमा नरेश शाही, अनुगमनमा माधव बास्तोला रहेका छन् । वाइसिएल नेपालले पनि सोही अनुसार गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस