आज मे १ अर्थात मजदुर दिवस

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ४ मिनेट

बैशाख १८, काठमाडौं । मे महिनाको १ तारिख वर्षको १३०औं मजदुर दिवस। संसारभरि वर्षको यो दिन अन्तराष्ट्रिय श्रमिक दिवसका रुपमा वहुत भब्य सहभागीता अनि श्रमसँग समबन्धीत तत्वहरुको सानीध्यताका साथ मनाईन्छ ।

संसारभरि धेरैलाई यस मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्यूबा र पूर्व शोभियत यूनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रुपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रीक रुपमा अझ महत्व र उत्कर्षका साथ देख्न जरुरी छ ।

१९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रुपमा चिनिन्छ, यसै शताब्दीको शुरुवात सँगै विभिन्न कारखाना, उधोग, उत्पादन अनि विकासका नयाँ आयामको शुरुवात भएका हुन्, यि उधोग अनि औधोगीकरणमा श्रमिक अनि कार्यगत समुहको महत्व अनि श्रमको उचित मुल्यका लागी आजको दिन संसारभरि पैरवीगर्नकालागी अत्यन्त महत्वपूर्ण छ ।

१९ औ शताब्दी लाग्नु अगावै सन् १८८६ को मे महिनाको ४ तारीखमा अमेरिकाको सिकागोमा हे मार्केट काण्ड भएको संझनामा मे १ लाई श्रमिक अनि श्रम सँग समबन्धीत मुद्धाको लागी विशेष अन्तराष्ट्रिय दिवसका रुपमा मनाईन्छ । यस दिन श्रमिकहरुले दैनिक रुपमा ८ घन्टा कार्य गर्ने वातावरणकालागी भनेर आन्दोलन गरेकोमा अपरिचित एकजनाले प्रहरीमाथी बम फालेको र वदलामा प्रहरीको जवाफी हमलामा धेरैजना निर्दोषहरुको ज्यान गएको आततायी घटनाको संझनास्वरुप मे १ मनाउन थालिएको हो । स्मरण रहोस त्यो आन्दोलन पूर्व सामान्यरुपमा संसारभरिका कामदारहरुले दैनिक १६ घन्टासम्म पनि कार्य गर्दथे, मे दिवसले श्रम क्षेत्रमा एउटा यूगान्तकारी परिवर्तन ल्याएको छ र आजको वढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनवाट शुरु गरिएको हो । शनिवारको दिन घरमा आरामले वसिरहँदा हप्ताको एक दिनको विदा अनि कार्यलय समयको निर्धारण गरि ८ घन्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए, अमुक श्रम शहिदहरुको संझना पनि गर्न जरुरी छ ।

मे दिवसले यस विषयमा संसारभरि बोल्न सकोस् । भएका परिवर्तनलाई सस्थागत गर्न सकोस अनि काम गरेर खाने वातावरण अनि श्रमको सही मुल्य दियोस् ।

नेपालको परिपेक्ष्यमा पनि नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुको साथ नहुने भए ७ साल देखि ४६ साल अनि ६३ सालसम्मको आन्दोलन सफल नहुने कुराको साक्षी ईतिहास छ । अब त श्रमको परिभाषा नै फराकिलो भएको छ, यस फराकिलो दायरामा हामी धेरै जना नेपालीहरु अटाँउदछौ । विदेशमा गरेको श्रमवाटै आउने विपेश्रणले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ, यस अर्थमा हामीले लगाएको, खाएको, वोकेको मोवाईल अनि देश चलेको करहरुमध्य को अधिकाशं हिस्सा तिनै श्रमिक दाजुभाईको पसीनाको उपज हो । तर देश स्वंले श्रम अनि श्रमिकलाई कति सम्मान गर्न खोजेको छ भन्ने कुरा एयरपोर्टवाटै शुरु हुने लुटतन्त्र अनि वैदेशिक कामदारको वहिर्गमन प्रक्रियामा भएको दलालतन्त्र अनि सरकारी उदासिनता वाट थाहा हुन्छ ।

सरकारका अनगीन्ती प्रयासका वावजुत वैदैशिक रोजगार सहज हुन नसकेको आफ्नो ठाँउमा छ भने देश भित्र पनि श्रमिकहरुको श्रम गरेर खाने दर्दनाक अवस्थाले वयान गर्दछ । एउटी आमाले छोराछोरीलाई वच्चै देखि कुनै श्रमिकलाई देखाएर यदि तैले पढिनस भने यस्तै श्रम गरेर खानुपर्ला भनेर देखाउने डरवाटै श्रमिक प्रती भेदभावको नजर शुरु हुन्छ । पढाई र पसिना विल्कुलै फरक हो, पढेकाहरु श्रमिक हुँदैनन र श्रम गर्न हुन्न भन्ने कुरा नहटुन्जेलसम्म नेपालमा श्रम सहज वातावरण तयार हुदैन्, हामीसबैले यस तर्फ ध्यान दिऔ है ।

फोहोर उठाउन आउने श्रमिक फोहोरी हैन र यदि उसले फोहोर नउठाईदिने भए हामी सफा भएर वस्न सक्दैनौ भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन जरुरी छ । कृषीप्रधान देश यस्तै कुराले गर्दा जागीर का भोका पुस्ताहरु उत्पादन गर्न थालेको छ । आखिर कहिलेसम्म ?

श्रमीक भएर वाँच्न पाउनु अनि परिवार पाल्नु जतिको उक्तम जिवनयापन संसारमा कदै छैन्, पसिनाको मुल्यले आर्जेको धन्, मन अनि निन्द्राको ब्याख्या त महाकवी लक्ष्मीप्रसाद देवकोटाले पनि गरिब कवितामा गरेका छन् गरिब भन्छौ संसारको मनै छु धनी मिल्दैन संसारभरि कतै पनि एकफेर नमन गर्दछ हाम्रो पात्रो ति रिक्शावाला साथीहरु, गाडीमा कार्यगत श्रमिकहरु, कारखानामा पसिना पुछ्दै बसेका दाजुभाई दिदिवहिनी, अरबमा पसना पुछदै या अन्य विदेशी भुभागमा श्रम गर्दै रहेका सम्पूर्ण श्रमिकहरु, कोदालोले हातमा ठेला उठेका हातहरु, भान्सा देखि भकारोसम्म पसिना चुहाउने सबैजनाको जिवनमा यस श्रम दिवसको वास्तविक अर्थ र समानता कायम हुनैपर्नेछ । पसिनाको मुल्य ले हास्न पुगोस् ।

श्रोत : हाम्रो पात्रो

प्रतिक्रिया दिनुहोस