बाजुरामा थप ६ जनामा कोरोना पुष्टि

Khabar24Nepal Author Logo..
राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

बैसाख १७ ,बाजुरा।बाजुरा जिल्लामा २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस तथा कोभिड १९ संक्रमण पुष्टि भएको छ । थप ६ जनामा संक्रमण संगै बाजुरमा कुल संक्रमितको संख्या २४ पुगेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त कार्यलय प्रमुख महेश चन्द्रले बताएका छन् ।
शुक्रबार संक्रमित भएकाहरु मध्य ५ जना बडिमालिका नगरपालिका र एक जना खप्तड छेडेदह गाउंपालिका कोरोना देखिएको स्वास्थ्य कार्यलय बाजुराले बताएको छ ।
अहिले सम्म संक्रमित भएका मध्य १७ जना बडिमालिका नगरपालिका भित्रका रहेका छन भने बुढिगंगा नगरपालिका ३ जना खप्तड छेडेदह गाउंपालिकाका २जना र हिमाली गाउंपालिकाका १ जना गरी बाजुरा जिल्लामा जम्मा २४ जनामा कोरोना भाईरस तथा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बाजुरमा जिल्लामा पनि दिन प्रतिदिन कोरोना भाइस तथा कोभिड १९को दोस्रो लहर बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस