थप दुई जना कोरोना संक्रमितको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७, कास्की। कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट कास्कीको पोखरामा उपचाररत दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

८२ वर्षीया महिलाको पोखरास्थित चरक मेमोरियल अस्पतालमा बिहीबार राति मृत्यु भएको उनले बताए । उनीमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस