भरुवा बन्दुक सहित एक युवक पक्राउ

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७, मुगु । मुगुमा भरुवा बन्दुक सहित एक युवक पक्राउ परेका छन् । रारा राष्टिय निकुञ्जको क्षेत्र भित्र सिकार खेल्ने क्रममा मुगु जिल्ला सोरु गाउपालिका वडा नं ७ तारापानी बाट वर्ष ४६ का प्रेम बहादुर शाही पक्राउ परेका हुन ।

शाही लाई गएको १४ गते राति रारा राष्ट्यि निकुञ्ज र नेपाली सेनाको सयुक्त टोलीले निकुञ्जको संरक्षणमा गस्ति हिडिरहेको बेला शाही लाई भरुवा बन्दुक सहित फेला पार्दा पक्राउ गरिएको छ । शाही लाई अनुसन्धानको लागि बन्यजन्तु चोरी शिकारी निकासि संरक्षण ऐन अनुसार अनुसन्धान भईरहेको छ ।

अबैध हात हतियार सम्बन्धिको कानुनी कार्वाही प्रक्रिया अगाडी बढाउने कानुन निकुञ्ज सँग नभएको हुदा हात हतियार सम्बन्धि अनुसन्धान कानुनी कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय मुगुमा थप अनुसन्धाननको लागि आईतवार जिप्रका मुगुमा पठाउने तयारी भईरहेको रारा राष्टिय निकुञ्जका निकुञ्ज संरक्षण अधिकृत बद्रि विनोद दाहालले बताए । दाहालका अनुसार रारा राष्ट्यि निकुञ्ज र मध्यवर्ति क्षेत्र भित्र विभिन्न , बन्यजन्तु , बनस्पति , काठ , जडिबुटिको संरक्षणको लागि नियमित राष्ट्यि निकुञ्ज र नेपाली सेनाको सयुक्त गस्ति नियमित रुपमा सञ्चालन आईरहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस